बाढीग्रस्त क्षेत्रमा ३ लाख ७ हजार लिटर पेट्रोल–डिजल, १ लाख २ हजार लिटर हवाई इन्धन
ratopati.com · Thu Sep 03 13:51:31 GMT 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठुलो धनजनको क्षति भएपछि उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ।
भाद्र १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटान गरेपछि उक्त मार्ग अवरुद्ध हुँदा पेट्रोलियम ट्याङ्कर तथा ग्यास बुलेट काठमाडौँ आउन नसक्ने अवस्था सिर्जना भएको थियो। त्यसपछि निगमले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ (बाइरोड) प्रयोग गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)