आधारभूत तहका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजना बन्दैछ- मन्त्री भुसाल
kharibot.com · Mon Jul 26 16:08:00 GMT 2021
काठमाडौँ । सरकारले गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष सहुलियत दिने गरी कार्यक्रमको तर्जुमा गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई बिजुली उपभोगमा विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरिएको जानकारी दिएकी छन् ।
मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजनामा सरकार रहेको बताइन् । गरिबीको रेखामुनि रहेका नेपाली १५ प्रतिशतको हाराहारीमा रहेको सरकारी अनुमान थियो । कोरोनाका कारण झण्डै चारदेखि पाँच प्रतिशतको वृद्धि भएको अपरिस्कृत तथ्याङ्क सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)