भोटेकोशी बाढी : अहिलेसम्म १२५९ शव फेला, ५०८३ जना अझै सम्पर्क विहिन
annapurnapost.com · Thu Sep 03 13:52:33 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाहरुमा गरी बिहिबार साँझसम्म १२५९ जनाको शव फेला परेको हो।
विभिन्न मानव अंगसहित सबैभन्दा बढी चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२, तनहुँमा ३८, रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६० र गोरखामा ७२ जनाको शव फेला परेको हो। हालसम्म सनाखत भएका ९५ जनाको शव आफन्तलाई बुझाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)