अटो चलाएर घरै बस्न चाहन्थे पदम, भविष्यबारे श्रीमतीलाई योजना सुनाउँदै थिए
ratopati.com · Thu Sep 03 14:01:10 GMT 2026

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ भुलीका ४३ वर्षीय पदम साउँदले नयाँ घर बनाएका थिए । घरको आधा काम अझै सकिएको छैन । यही बेला उनको परिवार शोकमा छ ।
अहिले त्यही घरको बरान्डामा उनकी श्रीमती टिकेश्वरी देवी दिनरात टोलाउँछिन्, कहिले भक्कानिन्छिन् । आफन्तहरू आउँछन्, उनलाई सम्झाउँछन् । माइतीबाट आएकाहरूले उनलाई सान्त्वना दिइरहेका छन् ।लालझाडी र छिमेकी स्थानीय तह कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिको टोली पनि उनलाई ढाडस दिन घरमै पुगेको थियो । उनलाई भेट्न आउनेहरूले मन शान्त पार्न भनिरहेका छन् । तर उनी अझै भावविह्वल छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)