स्केटका गजेन्द्र र शरद एसियन गेम्सलाई छनोट
kendrabindu.com · Fri Jul 03 00:35:18 GMT 2026
काठमाडौं । गजेन्द्र बर्देवा र शरदकुमार राईले जापानको आइची नागोया सहरमा हुने एसियाली खेलकुदमा स्केटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनले आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि गजेन्द्र र शरद छनोट भएको बिहीबार जनाएको छ ।
एसोसिएसनका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई प्रतियोगिताका लागि छनोट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)