रोनाल्डोको पेनाल्टी गोलसँगै क्रोएसियाविरुद्ध पोर्चुगलको बराबरी
nepalviews.com · Fri Jul 03 00:42:51 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत 'राउण्ड अफ ३२' को रोमान्चक भिडन्तमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको मद्दतमा पोर्चुगलले क्रोएसियाविरुद्ध खेलमा बराबरी गरेको छ।
क्यानडाको टोरन्टोमा भइरहेको खेलमा एक गोलले पछि परेको अवस्थामा पोर्चुगलका लागि खेलको ६८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन्। यस सानदार गोलसँगै रोनाल्डोले फिफा विश्वकप इतिहासमा आफ्नो पहिलो नकआउट चरणको गोलसमेत दर्ता गर्दै नयाँ कीर्तिमान रचेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)