एआई, डिपफेक र इन्फ्लुएन्सर मार्केटिङ नियमन गर्ने ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ स्वीकृत
kendrabindu.com · Fri Jul 03 00:50:06 GMT 2026

काठमाडौं । सरकारले सामाजिक सञ्जाल, डिजिटल माध्यम, एआई, डिपफेक र इन्फ्लुएन्सर मार्केटिङलाई नियमन गर्न ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ स्वीकृत गरेको छ। नयाँ नीतिले स्पन्सर्ड कन्टेन्ट र इन्फ्लुएन्सर मार्केटिङमा स्वघोषणा अनिवार्य बनाउँदै, तथ्यहीन तथा भ्रमपूर्ण विज्ञापनमा रोक र उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्था गरेको छ।
सरकारले जारी गरेको यो नीतिले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत गरिने विज्ञापनलाई औपचारिक नियमन गरिने भएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेको नीतिले एआई, डिपफेक, इन्फ्लुएन्सर मार्केटिङ र स्पन्सर्ड कन्टेन्टजस्ता आधुनिक प्रविधिका चुनौतीलाई नियमनको दायरामा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)