एमाले नेता कोइरी पक्राउ
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
महोत्तरी । नेकपा (एमाले) का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असिई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले पाँच वर्ष कैद सजायको फैसला सुनाएलगत्तै महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले अदालतको फैसला कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरिएको पुष्टि गरे। पक्राउ लगत्तै उनलाई बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)