लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सेवा सम्झौता
ictsamachar.com

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक- टीएसपी) बीच डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच नेपालका साना तथा मझौला उद्यम (एसएमईएस) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले त्यस्तो सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)