देउवा पक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्नेसहित गर्यो ९ बुँदे निर्णय
ratopati.com · Thu Sep 03 14:35:38 GMT 2026

काठमाडौँ। संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित ९ बुँदे निर्णय गरेको छ। देउवा पक्षको बिहीबार सम्पन्न बैठकले १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
बैठकले वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका पनि तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)