‘भाटेकोशीमा बाढी वर्षाको कारण आएको होइन’
gorkhapatraonline.com · Thu Sep 03 14:38:39 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी वर्षाका कारण नभएको विज्ञहरुले बताएका छन् । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका जलविद् सरस्वती विष्ट भोटेकोशीमा आएको भीषण बाढी वर्षाका कारण नभएको बताउनुहुन्छ ।
जलविद् विष्ट भन्नुहुन्छ, “भदौ १० गतेको जुन बाढी थियो त्यो वर्षाको आधारमा गएको बाढी थिएन । त्यो माथिबाट पहाडै खसेर गएको बाढी देखिन्छ ।” बाढी पूर्वानुमान महाशाखाले बाढी आउने पूर्वानुमान एवम् सतर्कताको सूचना दिनहुँजसो सार्वजनिक गर्ने भन्नुहुँदै उहाँले वर्षाका कारण केही बहाव बढ्न सक्ने भए पनि भोटेकोशीको बाढीको कारण भने वर्षा नभएको दोहोर्याउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)