भोटेकोसी बाढीपीडित व्यवसायीका लागि पुनरुत्थान प्याकेज घोषणा
baahrakhari.com · Thu Sep 03 14:36:05 GMT 2026

काठमाडौं । सरकारले भोटेकोसी बाढीपीडित व्यवसायीहरूका लागि पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घोषणा गरेको हो ।
नेपाल–चीन सीमाक्षेत्र भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)