बाढीपहिरो पीडितका लागि ओजी इटालियन रेष्टुरेन्ट लेष्टरद्वारा सहयोग
annapurnapost.com · Thu Sep 03 14:37:32 GMT 2026

लन्डन : बेलायतको लेष्टर शहरमा अवस्थित ओजी इटालियन रेष्टुरेन्टले भोटेकोशी बाढी पीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयां सहयोग गरेको छ।
ओजी लिमिटेड अन्तर्गतका तीनवटै शाखा (ओजी सिम्पली इटालियन, बिस्ट्रो ओजी, र ओजी किबवर्थ) को म्यानेजमेन्ट टिम, कर्मचारीहरू र निर्देशक दयानिधि सापकोटाबाट उक्त रकम विपद् व्यवस्थापन र पीडितहरूको तत्काल उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)