कान्तिपुर भेटद्वारा उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
annapurnapost.com · Thu Sep 03 14:40:43 GMT 2026

काठमाडौं : भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ। हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम सहयोग गरेको हो।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुना सुवेदी अध्यक्ष रहनुभएको कान्तिपुर भेट ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)