कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति
nepallive.com · Thu Sep 03 15:02:44 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक विवाद चरमउत्कर्षमा पुगेको छ । बिहीबार संस्थापनलाई चुनौती दिँदै कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ ।
बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधबार उक्त मिति प्रस्ताव गरिएकोमा आज निर्णय गरिएको हो । बैठकले वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका पनि तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)