काठमाडौँको गोकर्णेश्वरमा थप ११५ शवको व्यवस्थापन
ratopati.com · Thu Sep 03 15:08:48 GMT 2026

काठमाडौँ । भोटेकोशीको विपद्मा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव धमाधम गाडेर व्यवस्थापन गरिँदै छ । प्रभावित क्षेत्रबाट काठमाडौँमा ल्याइएका शवहरू पनि स्थानीय प्रशासनले गोकर्णेश्वर नगरपालिका स्थित जङ्गलमा गाडेर व्यवस्थापन गरिरहेको छ ।
गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका बन क्षेत्रमा थप ११५ शव गाडेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । भदौ १५ मा सो क्षेत्रमा ४६ वटा शव गाडिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)