रोशी गाउँपालिकाको प्राथमिकता : स्वास्थ्य बिमा र दिवा खाजा निःशुल्क
nagariknews.nagariknetwork.com · Fri Jul 03 01:29:23 GMT 2026

यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।
गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो। अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ। यसका लागि रु ६९ लाख प्रस्तावित बजेट पारित गरिएको छ। सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका लागिमात्रै दिवाखाजा उपलब्ध गराउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)