घुम्तीगोठमा भेडा बाख्रापालन
barnanmedia.com · Fri Jun 26 09:30:17 GMT 2026

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुमार पुर्जाले घुम्तीगोठमा भेडा बाख्रापालन सुरु गर्नुभएको छ ।
रोजगारको सिलसिलामा साउदीमा १० वर्ष काम गरेर स्वदेश फर्कनुभएका पुर्जाले गाउँमै स्वरोजगार बन्ने लक्ष्य लिएर पशुपालन सुरु गर्नुभएको थियो । “खाडीमा पसिना बगाउँदा घरखर्च जुटाउनुबाहेक थप प्रगति गर्न सकिएन, आफ्नै गाउँठाउँमा मिहिनेत गरौँ भनेर भेडा बाख्रापालनमा लागेको हुँ । अहिले ६० वटा भेडा छन्, केही बाख्रा पनि पाल्दै आएको छु, लगानी धेरै नभएकाले भेडाबाख्राको सङ्ख्या विस्तारै बढाउँदै लगेको छु”, पुर्जाले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)