बास्केटबल टोली सर्बिया जाने
onlinekhabar.com · Thu Jun 11 16:14:40 GMT 2026
२८ जेठ, काठमाडौं । सर्बियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा जुन १३ देखि २२ तारिख सम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली बास्केटबल टोली सर्बिया जाने भएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीमा आकार श्रेष्ठ, अद्वभित्य अग्रवाल, विपिन पोखरेल, खाईङ लिङ, आनन्द पोखरेल, प्रयास थापा, सुशान्त यादव र बर्दान मल्ल रहेका छन् । शुक्रबार जाने टोलीको प्रमुखमा राजकुमार कार्की तथा प्रशिक्षक प्रेमसुन्दर होना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)