कांग्रेसको देउवापक्षले तोक्यो महाधिवेशनको मिति
nepalviews.com · Thu Sep 03 15:32:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको देउवापक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशन अस्वीकार गरेको यो पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित केही केन्द्रीय सदस्यको बैठक गरी महाधिवेशनको मिति तोकेको हो । देउवापक्षले समानान्तर महाधिवेशन तोकेसँगै कांग्रेस विभाजन हुने सम्भावना थप बलियो हुँदै गएको छ ।
कांग्रेसको आधिकारिक पक्षले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा १५ औँ महाधिवेशन गर्ने तालिका यसअघि नै ल्याइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)