बार्सिलोनाको लगातार दोस्रो जित, एथलेटिकलाई हराउँदै तालिकाको पहिलो स्थानमा
ratopati.com · Thu Aug 27 23:11:52 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबमाथि २–० गोल अन्तरको सहज जित हात पारेको छ । यो जितसँगै बार्सिलोना लिग तालिकाको पहिलो स्थानमा उक्लन सफल भएको छ ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले एक–एक गोल गरे । खेलको ३७ औँ मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफको ८२ औँ मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)