जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
ratopati.com · Thu Sep 03 17:15:34 GMT 2026

जुम्ला । जुम्लाका किसान यति बेला स्याउ टिप्ने चटारोमा छन् । आवश्यक परिपक्वता तथा गुलियोपन भरिएसँगै किसान यति बेला बगैँचामा भेटिन थालेका छन् । उनीहरूलाई यति बेला स्याउ टिप्न भ्याई नभ्याइको अवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
घरमै प्रतिकिलो रु ९० मा स्याउ बिक्री हुने गरेको छ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगन्ज लैजाने गरेका छन् । स्थानीय नर रावतले यस वर्ष उल्लेख्य मात्रामा स्याउ फलेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)