कांग्रेसको जनसम्पर्क दक्षिण कोरियाको अधिवेशन मिति तय
nepalpress.com · Fri Jul 03 04:30:52 GMT 2026

सउल । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशन आगामी जुलाई १२, २०२६ मा सउलमा आयोजना हुने भएको छ। अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। यसपटक अधिवेशनलाई भव्य, व्यवस्थित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ विभिन्न उपसमितिहरूले तीव्र रूपमा काम गरिरहेका छन्।
अधिवेशनमा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल र सचेतक निष्कल राई विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ। उनीहरूले उद्घाटन सत्रलाई सम्बोधन गर्नुका साथै प्रतिनिधिहरूसँग समसामयिक राजनीति, संगठन निर्माण, प्रवासमा नेपाली कांग्रेसको भूमिका तथा आगामी कार्यदिशाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)