‘पोखराको पर्यटन परम्परागत मात्र नभई व्यावसायिक हुनुपर्ने’
barnanmedia.com · Mon May 18 23:34:14 GMT 2026

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समयसापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड दिएका छन् ।
पोखराको छिनेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसीमा) सोमबारदेखि आयोजित ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’ विषयक पाँच दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समयसापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताए । सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड दिँदै उनले हाम्रो वास्तविकता, भूगोलसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात् गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)