नेपाल प्रहरीको नाममा फिसिङ इमेल फैलिँदै, साइबर ब्यूरोले जारी गर्यो चेतावनी
ictsamachar.com

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो नाम र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम दुरुपयोग गरी पठाइने नक्कली (फिसिङ) इमेलप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
ब्यूरोले बिहीबार सूचना जारी गर्दै हाल केही व्यक्तिले "तपाईंले अश्लील तथा गैरकानुनी वेबसाइट हेर्नुभएको छ, कानुनी कारबाहीबाट बच्न तत्काल जवाफ दिनुहोस्" भन्ने आशयका इमेल प्राप्त गरेको जानकारी आएको जनाएको छ । त्यस्ता इमेलमा नेपाल प्रहरीको नाम र लोगो प्रयोग गरिएपनि ती पूर्ण रूपमा भ्रामक र ठगी गर्ने उद्देश्यले पठाइएका फिसिङ इमेल भएको साइबर ब्यूरोले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)