औषधि आपूर्ति सुधार्न विभागले जारी गर्याे ६ बुँदे निर्देशन
shilapatra.com · Fri Jul 03 05:17:00 GMT 2026

औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताइन् ।
निर्देशनअनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने छ । लिखित सम्झौताबिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)