बक्स अफिसले ल्याएको पारदर्शिताको युग
newsofnepal.com · Fri Jul 03 05:44:06 GMT 2026

नेपाली फिल्म उद्योगमा वर्षौंदेखि एउटा प्रश्नले लगातार विवाद जन्माइरहेको थियो– फिल्मले वास्तवमा कति कमायो ? कुनै फिल्म सफल भयो वा असफल भन्ने निष्कर्ष प्रायः तथ्यांकभन्दा बढी दाबी र प्रचारमा आधारित हुने गर्दथ्यो । निर्माता, वितरक र प्रदर्शकले आ–आप्mनै व्यापारिक हिसाब प्रस्तुत गर्ने गरेका कारण व्यापारिक यथार्थ प्रस्ट हुँदैनथ्यो ।
यही कारणले उद्योगभित्र अविश्वास, शंका र विवादको वातावरण पनि कायम रही रहन्थ्यो । देशभरका सिनेमा घरमा बक्स अफिस प्रणालीको जडान र त्यसको कार्यान्वयनसँगै भने नेपाली फिल्म उद्योगले पारदर्शिता र उत्तरदायित्वतर्फ महत्वपूर्ण कदम चालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)