किमको आक्रामक सन्देश
kendrabindu.com · Fri Jun 26 10:03:13 GMT 2026

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक बनाउन आह्वान गरेका छन् । उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने सङ्केत देखिएको छ ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बिहीबार विभिन्न हतियार परीक्षणको अवलोकन गर्दै सेनाको ‘घातक र विनाशकारी आक्रामक क्षमता’ सुदृढ बनाउन निर्देशन दिएका हुन् । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग वार्तामा फर्किन अस्वीकार गर्दै आणविक तथा परम्परागत सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिइरहेको समयमा यो सन्देश आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)