जंगली जनावरको आतंक : बाली जोगाउन खोज्दा किसानकै ज्यान जोखिममा
shilapatra.com · Fri Jul 03 05:55:00 GMT 2026

नेपालमा किसानका लागि अहिले खेती लगाउनु मात्र चुनौतीको विषय होइन, खेती जोगाउनु झन् ठूलो चुनौती बनेको छ । वर्षभरि पसिना बगाएर हुर्काएको बाली पाक्नेबेला जंगली जनावरको हुलले केही क्षणमै सखाप पारिदिने समस्या अहिले देशका अधिकांश पहाडी जिल्लाका किसानको साझा पीडा बनेको छ । बाली नष्ट हुने क्रम बढ्दै जाँदा किसानहरू आर्थिक रूपमा चिन्तित मात्र होइन, मानसिक रूपमा समेत निराश बन्दै गएका छन् ।
यही समस्याबाट बाली जोगाउन कतिपय किसानले विद्युतीय तार, पासो वा अन्य जोखिमपूर्ण उपाय अपनाउन बाध्य भएका छन् । यस्ता उपायका कारण किसान स्वयम् तथा सर्वसाधारण अङ्गभङ्ग हुने, गम्भीर घाइते हुने र कतिपय अवस्थामा ज्यानै गुमाउनुपर्ने दुःखद अवस्थासमेत सिर्जना हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)