जेष्ठ वर्ण महाविहारलाई अवार्ड अफ मेरिट हस्तान्तरण
baahrakhari.com · Fri Jul 03 06:04:09 GMT 2026

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत अवार्ड अफ मेरिट हस्तान्तरण गरिएको छ ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा स्थानीय समुदायका सदस्य, इन्डियन नेसनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)