नेपाललाई स्वर्णसहित तीन पदक
ratopati.com · Fri Jul 03 06:17:09 GMT 2026
काठमाडौँ । नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)