काठमाडौंका १० वडाले स्रोतमै फोहर वर्गीकरण गर्दै, बञ्चरेडाँडामा जाने फोहर घट्यो
aarthiknews.com

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पठाइने फोहरको मात्रा घटाउने उद्देश्यले १० वटा वडामा स्रोतमै फोहर वर्गीकरण तथा व्यवस्थापन अभियान सुरु गरेको छ । महानगरको वातावरण विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रको आयु बढाउने तथा फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित स्रोतमै फोहर वर्गीकरण कार्यक्रम अघि बढाइएको हो।
हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण तथा व्यवस्थापन कार्यान्वयनमा ल्याइएको छ । यस अभियानपछि बञ्चरेडाँडामा दैनिक पठाइने फोहरको मात्रा उल्लेख्य रूपमा घटेको महानगरले जनाएको छ । प्रमुख राईका अनुसार यसअघि दैनिक २० ट्रकसम्म फोहर बञ्चरेडाँडा पठाइने गरिएकामा हाल त्यो संख्या घटेर १५ ट्रकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)