केयू पढेका विदेशी संख्या झण्डै ६ हजार, इजरायलदेखि इथियोपियासम्मका विद्यार्थी
shilapatra.com · Fri Jul 03 06:23:00 GMT 2026

काठमाडौं विश्वविद्यालय (केयू) पढेका विदेशी विद्यार्थीको संख्या झण्डै छ हजार पुगेको छ । विश्वविद्यालयको शुक्रबार १ हजार ५ सय २७ विद्यार्थीको हुन लागेको दीक्षान्त समारोहको अवसरमा सार्वजनिक गरेको सूचना अनुसार स्थापनाको ३५ वर्षमा झण्डै छ हजार विदेशी विद्यार्थीले विभिन्न विधामा पढेका छन् ।
शुक्रबारसम्मको आँकडाअनुसार ५ हजार ८ सय ६० विदेशी विद्यार्थीले उत्तीर्ण गरेर डिग्री लिएको विश्वविद्यालयले उल्लेख गरेको छ । विदेशी विद्यार्थीमा इजरायलदेखि प्यालेस्टाइन हुँदै अफगानिस्तान अनि इथियोपियासम्मका विद्यार्थी देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)