ट्राभल तथा टुर व्यवसायीलाई पर्यटन बोर्डले दियो कर र कानुनी अनुपालनासम्बन्धी तालिम
clickmandu.com · Fri Jul 03 07:13:53 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरूलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरूको सहभागिता रहेको छ ।
तालिममा विभिन्न प्रकारका कर, पर्यटन क्षेत्रमा लागू हुने कर, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवं अन्य व्यवहारिक पक्षहरू लगायत विषयमा एजेन्सीका प्रमुख एवं प्रतिनिधिहरूलाई तालिम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)