स्वास्थ्य बीमा बोर्डले गर्यो अस्पतालहरुलाई २३ अर्ब भुक्तानी, बन्द सेवाहरु सुचारु हुँदै
arthasansar.com

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । बोर्डले आज शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।
बोर्डले रकम दिन थाले लगत्तै अस्पतालहरुले स्वास्थ्य बीमा सेवा सुचारु गर्न लागेका छन् । यो भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ । सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)