गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
rajdhanidaily.com · Fri Jul 03 07:41:28 GMT 2026
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।
विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए । विशेषतः सार्वजनिक विदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको जानकारी दिँदै उनले नयाँ वर्षको दिनमा त यहाँ ३० हजारसम्म पर्यटक आउने गरेको बताए । “पछिल्ला समयमा यो स्मारक नेपालकै गौरव र हेटौँडाको पहिचान बनिरहेको छ”, उनले भने, “बढ्दो पर्यटकीय आकर्षणसँगै पूर्वाधार विकासलाई पनि उच्च प्राथमिकतामा राखेर कामहरू अघि बढाइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)