एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
ratopati.com · Fri Jul 03 07:40:44 GMT 2026

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ । सङ्गठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ ।
डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ । एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो, जसका कारण विश्वभर हावाको बहाव, हावाको चाप तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन देखापर्छ । यो घटना सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ । यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)