एकदिवसीयमा संयमता गुमाएको नेपाली टोली
annapurnapost.com · Wed Nov 05 16:26:47 GMT 2025
काठमाडौं : नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन।
प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको थियो। उनको आगमनपश्चात् नेपाली क्रिकेटले केही महिनामै २ राम्रो उपलब्धि दियो। वेष्ट इन्डिज सिरिजमा जित र विश्वकप छनोटमा उपाधि। उनले ‘मलाई हार्न मन पर्दैन’ भन्थे। तर, लिग २ को यो शृंखला भने उनको भनाइ विपरीत भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)