आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग
baahrakhari.com · Fri Jun 26 10:18:16 GMT 2026

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेसन फाउन्डेसनलाई पाँच लाख आर्थिक सहयोग गरेको छ ।
समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्धनमा परिचालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)