जेनजी खोज्दैछन् रुपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन
onlinekhabar.com · Wed Nov 05 16:58:23 GMT 2025

१९ कात्तिक, काठमाडौं । इतिहासमै ठूलो जनधनको क्षति हुने गरी भएको २३ र २४ भदौको जेनजी विद्रोहले राजनीतिक दलहरूमा रुपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । तर विद्रोहको रापताप सेलाउँदै जाँदा दलहरूका शीर्ष नेतृत्व रुपान्तरणलाई टार्न वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेका छन् ।
नेकपा एमालेले यो विद्रोहलाई जनताको शक्ति प्रदर्शन नभएर प्रतिगमनकै संज्ञा दिएको छ । दोस्रो-तेस्रो पुस्ताका केही नेताहरूले फाट्टफुट्ट नेतृत्व परिवर्तनको कमजोर आवाज बोले पनि एमालेमा नेतृत्व परिवर्तनको कुनै छेकछन्द देखिंदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)