खाद्यले सुरु गर्यो धान खरिद
gorkhapatraonline.com · Wed Nov 05 18:06:04 GMT 2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आजदेखि धान खरिद सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नौसय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । पहिलो दिनमा मोटा धान आठसय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले बताउनुभयो ।
सरकारले मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छसय २८ रुपियाँ तोकेको छ । खाद्यले सरकारले तोकेकै न्युनतम समर्थन मूल्यमा धान खरिद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)