पुरानो भुक्तानी नगरिए बजेट अधिवेशन चल्न नदिने निर्माण व्यवसायीको चेतावनी
farakdhar.com · Tue May 09 17:10:35 GMT 2023
निर्माण व्यवसायीहरुले प्रदेश सरकारसँग आफूहरुको पुरानो भुक्तानी यथाशीघ्र गर्न माग गरेका छन् । निर्माण व्यवसायी संघ धनुषाले आफूहरुको पूरानो बक्यौता रकम यथाशीघ्र भुक्तानी नगरिए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएको छ ।
अर्थमन्त्री सञ्जयकुमार यादवले आफूहरुसँग भेटघाट गर्नसमेत नमानिरहेको संघका अध्यक्ष अशोक चौधरीले गुनासो गरे । अर्थमन्त्री यादवले भेट गर्ने आश्वासन दिएर आफूहरुलाई कार्यालयमा बसाई भेटघाट नै नगरी त्यहाँबाट निस्कने गरेको उनको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)