डडेल्धुरा, रुकुम पश्चिम र अछामका ४ विद्यालयमा एनआइसी एशिया बैंकले गर्यो सहयोग
clickmandu.com · Fri Jul 03 08:03:46 GMT 2026

काठमाडौं । एनआइसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछामका ४ विद्यालयहरूलाई सहयोग गरेको छ ।
एनआइसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवदुर्गा गाउँपालिका–१, असुर्पा, डडेल्धुरास्थित भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५ सेरीगाउँ, रुकुम पश्चिमस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँ, अछामस्थित मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मंगलसेन नगरपालिका, वडा नम्बर १४, कालागाउँ, अछामस्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)