भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने
nepalnews.com · Thu Aug 27 23:46:11 GMT 2026

सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)