पर्यटन बोर्डद्वारा ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम
tourismface.com · Fri Jul 03 08:43:08 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।
तालिममा विभिन्न प्रकारका करहरु, पर्यटन क्षेत्रमा लागू हुने करहरु, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवं अन्य व्यवहारिक पक्षहरु लगायत विषयमा एजेन्सीका प्रमुख एवं प्रतिनिधिहरुलाई तालिम दिइएको छ । विशेषत कर र भ्याटसम्बन्धी ऐन कानुनको ज्ञानको अभावमा साना व्यवसायीले ठूलो जरिवाना र झन्झट बेहोर्नुपरेको भन्दै तालिममा विशेषगरी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)