सरकारले एक थान अध्यक्ष नदिँदा नियमित कार्यक्रम राखेर बजेट बनाउँदै बीमा प्राधिकरण
corporatenepal.com · Fri Jul 03 08:36:36 GMT 2026

काठमाडौं । सरकारले ‘स्थायी अध्यक्ष’ नियुक्तीमा ढिलाई गरेपछि नेपाल बीमा प्राधिकरणले नियमित कार्यक्रम राखेर आगामी आव २०८३–८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’ ल्याउने भएको छ । नियमित कार्यक्रमहरु राखेर हाल अस्थायी अध्यक्षको जिम्मेवारी पाएकी सचिव चन्द्रकला पौडेलबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा प्राधिकरण छ ।
असारभित्रै नीति तथा कार्यक्रम पारित गरिने प्राधिकरणका एक उच्च अधिकारीले बताए । निवर्तमान अध्यक्ष शरद ओझाले प्राधिकरणमा पहिलो पटक वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याउन सुरु गरेका थिए । उनको नेतृत्वमा प्राधिकरणले चालु आवका लागि गत बर्ष असार २४ गते पहिलो पटक वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो, जुन अभ्यासलाई वार्षिक रुपमा निरन्तरता दिने तयारीमा प्राधिकरण छ । र, त्यो आर्थिक बर्ष सुरु हुनु भन्दा अघि अर्थात् असार मसान्त भित्र ल्याउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)