बाढीपछि जलवायु प्रभावको विषय उठाउन प्रधानमन्त्री वालेन्द्र राष्ट्रसंघको महासभामा जाने
barnanmedia.com · Thu Sep 03 22:18:17 GMT 2026

अन्ततः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने तयारीमा जुटेका छन्। यस अगाडि सो महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल जाने तयारीमा थिए। अब प्रधानमन्त्री शाह पनि सँगै जाने भएका हुन्।
हालै रसुवाको भोटेकोशीमा गएको बाढी तथा जलवायु परिवर्तनले नेपालमा सिर्जना गरेको गम्भीर संकटलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुनुपर्ने सुझाव आइरहेका थिए। नेपालले भोगेको जलवायुजन्य क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र न्यायको माग गर्न यो मञ्चलाई सदुपयोग गर्न सरकारमाथि दबाब बढिरहेको बेलामा उनी महासभामा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)