एसिया कप छनोटको यात्रामा नेपाल बलियो बन्दै
barnanmedia.com · Thu Sep 03 22:22:45 GMT 2026
मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
नेपाली बलरको उत्कृष्ट प्रदर्शन र ओपनर अर्जुन कुमालको संयमित ब्याटिङको मद्दतमा नेपालले बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली मलेसिया नेपाली बलरसामु निरीह देखियो । मलेसिया ३२.३ ओभरमै सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । सामान्य लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर १०६ रन बनाउँदै सहज रूपमा जित दर्ता गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)