भीएआरको विवादास्पद निर्णयले रोनाल्डोलाई राहत, के भन्दै छन् फुटबल विश्लेषक ?
shilapatra.com · Fri Jul 03 09:04:52 GMT 2026
विश्वकप फुटबलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । तर खेलको सबैभन्दा चर्चित क्षण इन्जुरी समयको अन्त्यतिर आएको भीएआर निर्णय रह्यो, जसलाई बीबीसी का कमेन्टेटर स्टिभ विल्सनले 'विश्व फुटबलकै सबैभन्दा ठूलो भीएआर निर्णयमध्ये एक' बताएका छन् ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्रोएसियाका जोस्को ग्भार्डिओलले नजिकबाट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएको जस्तो देखिएको थियो । गोलसँगै क्रोएसियाली खेलाडी र समर्थकहरू उत्सवमा डुबेका थिए भने बेञ्चमा रहेका क्रिस्टियानो रोनाल्डो निराश देखिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)