नेपाली बजारमा आउँदै १०० प्रतिशत विद्युतीय ‘चेरी क्यू’, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने
shilapatra.com · Fri Jul 03 09:11:00 GMT 2026

चेरीले नेपाली बजारमा आफ्नो नयाँ १०० प्रतिशत विद्युतीय बी–सेग्मेन्ट अर्बन क्रसओभर ‘चेरी क्यू’ ल्याउने तयारी गरेको छ । कम्पनीले उक्त गाडी आगामी ११ देखि १६ अगस्टसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ मा सार्वजनिक गर्दै मूल्यसमेत घोषणा गर्ने जनाएको छ ।
चेरीका अनुसार आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरी विकास गरिएको ‘चेरी क्यू’ उन्नत विद्युतीय प्लेटफर्ममा आधारित अर्बन क्रसओभर हो । गाडीमा फराकिलो तथा व्यावहारिक इन्टेरियरसँगै ३७५ लिटर क्षमताको बुट स्पेस उपलब्ध छ । पछाडिका सिट फोल्ड गर्दा यसको बुट स्पेस १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)